ताजा समाचार

जेठ १६ गते २०७६

वनमा लागेको आगो निभाउन जाँदा एक महिलाको मृत्यु

आगो निभाउन जादा एक महिलाको जलेर मृत्यु भएको छ । डाटी जिल्लाको जोरायल गाउँपालिका–३ मा आगलागीमा परी दुर्गादेवी साहुको आगलागीमा परेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार आगोले जलेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । डोटीमा गएको एक महीनायतादेखि जङ्गलमा भीषण आगलागी भएको छ ।

आगलागी नियन्त्रणका लागि विभिन्न प्रयास भइरहे पनि आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागीका कारण डोटीका विभिन्न सामुदायिक तथा कबुलियती वन गरी करीब ७८० हेक्टर वन सखाप भएको डिभिजन वन कार्यालय डोटीका सहायक वन अधिकृत सुरेशचन्द्र डिसीले जानकारी दिनुभयो ।