नेपाल प्रहरीको कार्यशैलीमा परिवर्तन गर्न आवश्यक छ


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बहुदलीय व्यवस्थामा सबैभन्दा बढी राजनीतिकीकरण भएको नेपाल प्रहरीको कार्यशैलीमा परिवर्तन गरिनुपर्नेमा जोड दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयको हाताभित्र निर्मित व्यायामशाला आज उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सम्पूर्ण पुरानो संरचना भत्काएर सङ्घीय शासन प्रणालीसहित नयाँ व्यवस्था, संरचनामा संस्थालाई ल्याउनाका साथै प्रहरीको कार्यशैलीमा सुधार हुनुपर्ने बताए ।चारवटै सुरक्षा निकायलाई बदलिएको परिस्थितिअनुसार लोकतान्त्रिकीकीरण, व्यावसायिकीकरण र साधान–स्रोतयुक्त बनाइनुुपर्नेमा उनको जोड थियो ।

विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरुबाट सङ्कलित रु १३ लाख ५० हजारको लागतमा सो व्यायामशाला निर्माण गरी जिल्ला प्रहरीलाई हस्तान्तण गरिएको थियो । व्यायामशाला निर्माणमा आर्थिक सहयोग गर्ने संस्था तथा व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं