ताजा समाचार

जेठ १६ गते २०७६

सवारी दुर्घटनामा तीनजनाको मृत्यु, १७ घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत् नवलपुरको देवचुली नगरपालिका–२, दुम्कौलीमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् ।

बस र ट्रक एकापसमा ठोक्किँदा नवलपुरको गैंडाकोट नगरपालिका–१४ का ६५ वर्षीया कुमारी सुनारी र सोही ठाउँका ७० वर्षीया जमुना मापथानको मृत्यु भएको हो । एकजना मृतक महिलाको सनाखत भने हुन बाकी छ ।

बिहीबार नारायणगढबाट पाल्पा जाँदै गरेको ना२ख ४८९० नम्बरको ट्रक र कावासोतीदेखि नारायणगढतर्फ आउँदै गरेको ना४ख ५२९५ नम्बरको यात्रीवहाक बस ठोक्किएका थिए ।

दुर्घटनामा घाइते १७ जनाको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी अर्जुन रानाभाटले जानकारी दिए ।