ताजा समाचार

जेठ १६ गते २०७६

पोखरा १७ मा डेढ करोडका योजना

पोखरा महानगरपालिका वडा नं १७ ले चालु आर्थीक वर्ष २०७५÷७६ मा १ करोड ४१ लाख ६९ हजार ७ सय ४८ रुपैया बराबरका योजना सम्पन्न गरेको बताएको छ । पुर्वाधार विकास, आर्थीक विकास, सामजिक विकास, वातावरण विकास र संस्थागत विकास गरि विभिन्न योजनाहरु चालु आर्थीक वर्षमा सम्पन्न गरिएका वडा अध्यक्ष तिर्थराज अधिकारीले बताए ।

वडाभित्र पोखरा महानगरपालिका र प्रदेश सरकारले पनि करोडौ लगानीमा विभिन्न योजना सम्पन्न तथा संचालन गरिरहेका छन् । वडाको ढुंगेसाँघु र पुृल्चोकमा २ वटा झोलुंगे पुल बन्दै छन् भने माछापुच्छ्रे प्रतिबिम्व पार्क शिलान्यास भइसकेको छ ।

दाम्सादीमा २८ करोड र ४ लेनको सडक निर्माणका लागी १ करोड बराबरको टेण्डर भैसकेको छ । वडाले भुमिकरबाट ५८ लाख ९० हजार ३ सय ७७ तथा अन्य सिफारिस, घर नक्सा दस्तुरमार्फत १ करोड ७१ लाख ६८ हजार २ सय ४५ रुपैयाँ संकलन गरेको छ ।

वर्षेनी लाखौ पर्यटकले डेभिज फल्स तथा गुप्तेश्वर गुफा हेर्न आउँछन् । तर उनीहरु पोखराको तल्लो भागमा मुस्किलले पुग्छन् । कार्यक्रममा स्थानीयबासीले तल्लो क्षेत्रको विकासका लागि ध्यानाकर्षण गराए । वडा कार्यालयले आयोजना गरेको चालु आर्थीक वर्षका आफ्ना गतिविधिहरु सार्वजनिक कार्यक्रममा सहभागीले वर्षातको बेला वडामा आउने फोहोर मैलाको उपयुक्त व्यवस्थापन गर्न आग्रह गरे । वर्षातको समयमा डुवानको समेत समस्या झेलिरहनु परेको गुनासो गर्दै उनीहरुले खानेपानीको समेत समाधान गर्न आग्रह गरे ।