ताजा समाचार

जेठ १६ गते २०७६

मुस्ताङःकारगारका थुनुवा र अस्पतालका बिरामीलाई फलफुल बितरण

मुस्ताङ कारगारका कैदीबन्दी तथा अस्पतालका बिरामीलाई बिहिबार फलफुल र हर्लिक्स बितरण गरिएको छ ।१२ औं गणगन्त्र दिवस २०७६ का अवसरमा जिल्ला समन्वय समिति मुस्ताङले फलफुल बितरणको कार्यक्रम गरेको हो ।


घरपझोङ गाउपालिका मुस्ताङको समन्वयमा मुस्ताङ कारागारका १० कैदीबन्दी र मुस्ताङ अस्पतालका २ बिरामीलाई फलफुल तथा हर्लिक्स बितरण गरेको गाउपालिका स्वास्थ्य संयोजक कर्ण थकालीले जानकारी दिए ।


कैदीबन्दी तथा बिरामीलाई प्रदेश सांसद महेन्द्रबहादुर थकाली ,जिल्ला समन्वय समितिकी प्रमुख छिरिङ ल्हामो गुरुङ ,गाउपालिका अध्यक्ष आशबहादुर थकाली ,उपाध्यक्ष शर्मिला गुरुङ र सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले फलफुल बितरण गरे ।कार्यक्रममा सांसद थकालीले कैदीबन्दीहरुलाई असल नागरिक बन्ने मार्गमा लाग्न सुझाए ।गाउपालिका अध्यक्ष आशबहादुर थकालीले मुलुकमा गणतन्त्र दिवस स्थापना भएको दिन पारेर फलफुल बितरण गरेको जानकारी गराए ।


कार्यक्रममा स्थानीय जनप्रतिनिधि , जिल्ला स्थित बिभिन्न कार्यालयका कर्मचारी र पत्रकारको उपस्थिती थियो ।यस्तै,जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले यसै वर्ष देखि सुरु गर्नेगरी ब्लड सुगर,ब्लड प्रेसर र बडीमास ईन्जेक्स लगायतको स्वास्थ परिक्षण गरेको छ ।

स्वास्थ्य कार्यालयले नसर्ने रोगहरुको स्वास्थ्य परिक्षण गरेको जनस्वास्थ्य प्रमुख दुर्गादाश उलकले जानकारी दिए ।