ताजा समाचार

जेठ १५ गते २०७६

समुदायको सहयोग बिना प्रहरीको कल्पना असम्भव : प्रहरी प्रमुख राना

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक ओमबहादुर रानाले समुदायको सहयोग विना प्रहरीको कल्पना गर्न नसकिने बताएका छन् । उनले समुदायको सहयोग विना प्रहरीका सबै काम पूर्ण हुन नसक्ने स्पष्ट पारे ।

सामुदायिक प्रहरी सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीद्वारा आयोजित अभिभावक प्रशिक्षण कार्यक्रम समापनमा प्रहरी प्रमुख रानाले भने, ‘समुदायले हर पल आफ्नो समाजलाई सुरक्षित गर्नुपर्दछ । प्रहरी–नागरिक बीच नङ–मासुको सम्बन्ध भएमात्र समाज सुरक्षित हुन्छ । विकृति विसंगति न्यूनीकरणका साथै समृद्ध समाज निर्माणमा सघाउ पुर्याउँछ ।’
अन्य जिल्लाको भन्दा कास्की जिल्लाका सामुदायिक प्रहरी सेवा केन्द्र बढी सक्रिय भएर काम गरेको भन्दै रानाले यो गरिमालाई थप उचाईमा पुर्याउन आग्रह गरे ।

सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की कार्यबाहक अध्यक्ष बोधराज कार्कीले प्रहरी–नागरिक बीच सहकार्य गरेर काम गर्दा दूरगामी हुने बताए । उनले समाजलाई समुन्नत बनाउन नागरिक–प्रहरीबीच होस्टेमा हैंसे गर्नुपर्ने भन्दै नागरिक सचेत भएर नै नेपाल प्रहरीको कार्य उत्कृष्ट भएको दावी गरे ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा कास्की जिल्लामा क्रियाशील सामुदायिक सेवा केन्द्रहरू पृथ्वीचोक, बैदाम, बगर, माटेपानी, लेखनाथ, कालिका र हेम्जाको सहकार्यमा अभिभावक प्रशिक्षण कार्यक्रम भएको हो । उक्त अवसरमा अधिवक्ता सुरेन्द्र थापा मगरले कानुन सम्बन्धी र डा. शुशील कंडेलले मनोवैज्ञानिक परामर्श सम्बन्धी प्रशिक्षण दिएका थिए ।

सामुदायिक सेवा एव सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की कार्यबाहक अध्यक्ष बोधराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष भीम पराजुलीले स्वागत र सञ्चालन संस्थाका महासचिव उत्तम जोशीले गरेका थिए ।

कार्यक्रममा कास्की जिल्लामा क्रियाशील सामुदायिक सेवा केन्द्रहरू, संस्थाका कार्य समिति, सल्लाहकार, आजीवन सदस्य र साधारण सदस्य, कार्यरत प्रहरी कर्मचारी, कास्की जिल्लाका आमा समूह, टोल विकास संस्था, युवा क्लवका सदस्य, रिकोभरिङ नेपाल तथा पुनस्र्थापना केन्द्रका सदस्य, स्पाइरल ग्यालेक्सी बोर्डिङका शिक्षक, विद्यार्थी, ब्राम्हण समाज कास्की, मगर समाज कास्की, तमुधि नेपाल, क्षेत्री समाज कास्की, तामाङ समाज कास्की, विश्व हिन्दू महासंघ कास्की गरी ५ सय १५ जना सहभागी थिए ।