जेठ १५ गते २०७६

ताजा समाचार

जेठ १५ गते २०७६

बालक अपहरण गरी हत्या गर्नेमाथि प्रहरीले गोली चलाएपछि



पर्सामा बालक अपहरण गरी हत्या गरेको आरोपमा प्रक्राउ परेका अभियुक्तहरु भाग्न खोजेपछि प्रहरीले गोली चलाएको छ ।

८ बर्षीय बालक करण शाहको अपहरण गरी हत्या गरेका २ आरोपीहरु भाग्न खोजेपछि प्रदेश २ प्रहरी कार्यालयको टोलीले गोली चलाएको हो ।

गोली प्रहारबाट उनीहरु घाईते भएका छन् । बालकको अपहरण गरी लगेका उनीहरुले बच्चा सम्हाल्न नसकेपछि घाँटी थिचेर हत्या गरेका थिए ।

अपहरणमा ३ जना संलग्न रहेका थिए । तीनै जना प्रहरी नियन्त्रणमा रहेका छन् । प्रक्राउ परेकाहरु विकास शर्मा, सिकिन्दर र रामदिनेश रहेका छन् । तीमध्ये सिकिन्दर र विकास भाग्न खोजेपछि प्रहरीले गोली चलाएको थियो । उनीहरुको घुँडामा गोली लागेको बताईएको छ । हाल उनीहरुको उपचार भईरहेको छ ।