ताजा समाचार

जेठ १५ गते २०७६

भलिबलको पोलले च्यापेर एक बालकको मृत्यु

भलिबलको पोलले च्यापिएर बागलुङ वडिगाड गाउँपालिका-१ दगामा एक बालकको ज्यान गएको छ।

स्थानीय जंगबहादुर पुनका ७ वर्षीय छोरा निर्मल पुनको ज्यान गएको हो । सोमबार साँझ स्थानीय युवाले बलको नेट तानिरहेको समयमा पोल ढल्दा टाउकोमा गम्भीर चोट लागेपछि उपचारको क्रममा उनको ज्यान गएको प्रहरीले बताएको छ।

पुन दगातुन्डाँडा प्राविको कक्षा २ का छात्र हुन्। घटनाबारे भलिबल खेलिरहेका युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी चौकी खर्बाङले जनाएको छ।