ताजा समाचार

जेठ १४ गते २०७६

ड्राइभिङ ट्रायल पास गराइदिन्छु भनी घुस लिने २ पक्राउ

पोखरामा ड्राइभिङ ट्रायल पास गराइदिन्छु भनी सेवाग्राहीबाट घुस लिने २ पक्राउलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ ।

यातायात व्यवस्था कार्यालयबाट लिखित परीक्षा र ट्रायल पास गराइदिने भनी खगेन्द्र प्रसाद काफ्ले र कुमार लामिछानेलाई सेवाग्राहीबाट ४० हजार लिदै गर्दा सोमबार पक्राउ गरिएको हो ।

लामिछाने हेभी इक्विपमेन्ट डिभिजन कार्यालय पोखरा, कास्कीको द्वितीय अपरेटर पदमा कार्यरत छन् भने काफ्ले मेट्रो ड्राइभिङ इस्न्टिच्युट, पोखराका सञ्चालक हुन् । उनिहरु विरुद्ध थप अनुसन्धान भैरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।