ताजा समाचार

जेठ १४ गते २०७६

पत्रकार त्रिपाठीलाई ‘स्वतन्त्र राष्ट्रिय अभियान’को केन्द्रीय प्रबक्ताको जिम्मेवारी

भ्रष्टाचार र बिसंगति बिरुद्ध जागरण ल्याउन गठित ‘स्वतन्त्र राष्ट्रिय अभियान नेपाल’ को केन्द्रीय प्रबक्तामा चर्चित पत्रकार विनोद त्रिपाठीलाई जिम्मेवारी तोकिएको छ ।

अभियानले सोमबार एक बिज्ञप्ति प्रकाशित गरि डेढ दशक भन्दा बढि ब्यबसायीक पत्रकारितामा जमेका त्रिपाठीलाई उक्त जिम्मेवारी दिइएको हो ।

दलगत पत्रकारिताको खुलेर बिरोध गर्दे आएका त्रिपाठीले समाचार र लेख मात्र समाजका जोखिम खालका बिसंगतिलाई सत्यको धरातलमा टेकेर उजागर गर्दे आएका छन् ।

अभियानका संयोजक स्वागत नेपालद्धारा जारी बिज्ञप्तिमा ५१ प्रतिशत मत ल्याउनेले मात्र सरकार बनाउन पाउने ब्यबस्था, जनचाहना अनुसार काम नगर्नेलाई सांसद, मन्त्री र प्रधानमन्त्रीबाट फिर्ता बोलाउन पाउनुपर्ने ब्यबस्था, खर्चिलो निर्बाचन प्रणाली रोक्नुपर्ने कानुन, प्रदेशस्तरका सरकारहरु अन्त्य, स्रोत नखुलेको सम्पति राष्ट्रियकरण गर्ने लगायतका मुद्धाहरुमा प्रबक्ता त्रिपाठीको भुमिका शशक्त रहने अपेक्षा अभियानले लिएको उल्लेख छ ।

यो अभियानले अहिलेसम्म ४२ वटा जिल्लामा समिति गठन गरिसकेको छ । हालसम्म बिभिन्न पेशागत दर्जन बिभागहरु गठन गरेर कुनै पार्टीमा आबद्ध नभएका नेपाली नागरिकलाई समेट्दै आएको छ ।