ताजा समाचार

जेठ १४ गते २०७६

श्रीमति चार दिनदेखि वेपत्ता भएपछि खोजीमा श्रीमान भौतारिंदै

पर्वतको फलेवास नगरपालिका–२ शंकरपोखरीकी एक महिला चार दिनदेखि बेपत्ता भएकी छिन् । स्थानीय पोखराचौर गाउँमा घर भएकी २१ वर्षीया मनिषा रिजाल जेठ १० गते बिहान साढे ७ बजेदेखि बेपत्ता भएकी हुन् ।

उनी परिवार र आफन्तको सम्पर्कमा नरहेको उनका श्रीमान् दीपेन्द्र रिजालले बताए ।६ महिनादेखि शंकरपोखरीको वडा कार्यालय नजिकै सिलाइ कटाइ तालिम गरिरहेकी मनिषा तालिममा जान घरबाट निस्किएकी थिइन् । तर, घर नफर्किएको र आफन्तको सम्पर्कमा समेत नरहेपछि खोजी शुरु गर्न प्रहरीमा जाहेरी दिएको दीपेन्द्रले बताए ।

चितवन माइती भएकी मनिषाले दुई वर्षअघि विवाह गरेकी हुन् । जिल्ला प्रहरी कार्यालय पर्वतले सम्पर्क्विहीन रहेकी मनिषाको खोजीकार्यलाई तीव्र पारिएको जनाएको छ । एक्कासी मनिषा बेपत्ता भएपछि परिवारका सदस्य चिन्तित बनेका छन् ।