ताजा समाचार

जेठ १४ गते २०७६

आफ्नै २२ महिने छोरालाई अचानोमा राखेर खुकुरीले घाँटी छिनाएपछि

एक महिलाले आफ्नै २२ महिने बालकको हत्या गरेकी छन् । भोजपुर सदरमुकामस्थित पानी ट्याङ्कीमा २५ वर्षीया सम्झना थापाले २२ महिनाको छोरा सम्बोधनको हत्या गरेकी हुन् ।

उनले मंगलबार बिहान ७ बजेतिर घरको छतमा लगेर छोरालाई अचानोमा राखेर खुकुरीले घाँटी छिनाएर हत्या गरेकी हुन् । रामप्रसाद राई गाउँपालिका वासिखोरा घर भएकी सम्झनाको परिवार पानीट्याङ्की टोलमा भेनाजुको घरमा बस्दै आएको थियो ।

लघुवित्त कम्पनीमा काम गर्ने बालकका बाबु सूर्यबहादुर थापा भने कार्यालयको कामले सदरमुकाम वाहिर गएको पाइएको भोजपुरका प्रहरी प्रमुख डिएसपी केशवकुमार थेवेले बताए ।प्रहरीले हत्यारा सम्झनालाई पक्राउ गरेको छ । घटनाको विषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।