ताजा समाचार

जेठ १३ गते २०७६

सिरियामा हिंसा बढ्दै, २८ लडाकूको मृत्यु

सिरियाली सरकारी फौजको कारबाहीमा परि २८ जना लडाकूकको ज्यान गएको छ । मध्य सिरियाको हामा प्रान्तमा भएको कारबाहीमा परि आईतबार उक्त लडाकुको ज्यान गएको हो ।

कारबाहीपछि सरकारी फौजले काफ्र नबुदाहलाई पनि पुनः नियन्त्रणमा लिएको छ । सिरियाली सेनाले कफ्र नबुदाहलाई नियन्त्रणमा लिने क्रममा करिब ६७५ पटक हवाई आक्रमण गरेको थियो । अब्जरभेटरीका अनुसार शहरका पूर्वी र उत्तरी भेगमा पनि भिडन्त जारी छ ।

सिरियाली सेनाले गत मे ८ मा कफ्र नबुदाहलाई आफ्नो नियन्त्रणमा लिए पनि मे २२ मा विद्रोहीले पुनः कब्जा लिएका थिए । कफ्र नबुदाह उत्तरी र दक्षिणी सिरियाको मध्य भागमा रहेकाले पनि रणनीतिक महत्वको शहर हो ।