ताजा समाचार

जेठ १३ गते २०७६

कारागारमा कैदीबन्दीविच झडप हुदा १५ जनाको मृत्यु

एक कारागारमा कैदीबन्दीबीच झडप हुदा १५ जना कैदीको मृत्यु भएको छ ।

ब्राजिलको अमेजोनास राज्यको राजधानी मानसबाट करिब २८ किलोमिटर बाहिर रहेको उक्त कारागारमा झडप भएको हो ।

कारागारका सुरक्षा प्रमुख कर्णेल मार्कोस अल्मेडाले कैदीहरुले दाँत माझ्ने ब्रस लगायतका सामानको प्रयोग गरी एकअर्कामाथि आक्रमण गरेको र कतिपयलाई चक्कुको प्रयोग गरेको जानकारी दिए ।

उन घटनाको अनुसन्धान शुरु भइसकको पनि बताए । यही कारागारमा सन् २०१७ को जनवरीमा हिंसा भड्किँदा ५६ जनाको ज्यान गएको थियो । ब्राजिलमा विश्वमै सबैभन्दा बढी मानिस कैदीबन्दीका रुपमा रहेका छन् ।