ताजा समाचार

जेठ १३ गते २०७६

गुडिरहेको ट्रकमाथि पेट्रोल बम प्रहार हुदा चालक घाईते

नेत्र विक्रम चन्द समूहका कार्यकर्ताले सोमबार गुडिरहेको ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गर्दा चालक घाईते भएका छन् ।

नवलपरासीको मध्यबिन्दु नगरपालिका–११, स्थित राजमार्गमा सिमेन्ट बोकेर नारायणगढतर्फ जाँदै गरेको लु २ ख १०८ नम्बरको ट्रकमा सो समूहले आगजनी गर्दा चालक तनहुँ ब्यास नगरपालिका–४, बस्ने ३३ वर्षीय अमर विक घाइते भएका हुन् ।

बिहान ३ बजे पेट्रोल बम प्रहार गर्दा ट्रक अनियन्त्रित भई सडकबाट पाँच मिटर तल खसेको थियो । घाईते चालकको ढाड र अनुहारमा आगोले पोलेको छ । घाइते विकको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।