ताजा समाचार

जेठ १३ गते २०७६

‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौंले आफूलाई ‘प्रहरी हुँ’ भनी ठगी गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ।

महानगरिय प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी प्रहरी भनी ठगी गर्ने अर्घखाँचीको सितापुर घर भई हाल बानेश्वर बस्दै आएका हरिलाल खनाल र उनका सहयोगी कपिल रिजाललाई सार्वजनिक गरेको हो।

३० वर्षीय खनाल भगौडा प्रहरी भएको महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए।

उनीहरूले वनस्थलीस्थित सनराइज बेकरी सपका सञ्चालकसँग आफूहरू प्रहरी भएको भन्दै १ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। उनीहरूले ठगी गरी बैंकमा राखेको १ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ।