ताजा समाचार

जेठ १३ गते २०७६

कर्मचारीहरुको तलव बढ्ने

नजिकिदै गरेको आर्थिक बजेटद्धारा सरकारी कर्मचारीहरुको तलव बृद्धि हुने भएको छ । तलव बृद्धिका लागी कर्मचारी र अर्थमन्त्रीसँगको छलफलमा २० प्रतिशत बढाउन सहमत भएको जनाईएको हो ।

यस्तै नेकपा नेतृत्वको सरकारले पार्टीको चुनावी घोषणापत्रमा गरेको वाचाअनुसार आगामी वर्षको बजेटमार्फत सामाजिक सुरक्षा भत्ता कम्तीमा पाँच सय रुपैयाँ बढाउने तयारी गरेको छ ।

नेकपाले प्रतिनिधिसभासहित तीन तहको निर्वाचनका बेला जनतामाझ लगेको घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याउने भनेको थियो ।