ताजा समाचार

जेठ १२ गते २०७६

बुहारी ग्रुपको वार्षिकोत्सवमा विपन्न बालबालिकालाई सहयोग

सामाजिक सञ्जालबाट जोडिएको ‘बुहारी ग्रुप’ले दोस्रो वार्षिकोत्सवको अवसरमा उदाहरणीय काम गरेको छ । पोखराको रामघाटमा रहेको परोपकार इ।सि।डि। सेन्टरका २४ जना विपन्न बालबालिकालाई सहयोग गरिएको ग्रुपका पोखरा कार्यक्रम को–अर्डिनेटर बिमला कोइरालाले बताइन् ।

शनिबार एक कार्यक्रम गरी २० हजार रुपैयाँ बराबरको झोला, पुस्तक, खानेपानीको जार, वाटर डिस्पेन्सर कलर, राइस बोल्स, बल, चम्चा, वाल चार्ट लगायतका सामग्री सहयोग गरिएको कोइरालाले जानकारी दिइन् ।

परोपकार इ।सि।डि। सेन्टर ५ वर्षभित्रका विपन्न वर्गका बालबालिकालाई लक्षित गरी खोलिएको संस्था हो । पोखरासहित राजधानी काठमाडौं लगायत देशभर ग्रुपले वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । ग्रुपका एडमिन प्रभा आचार्य, मनिषा थापा, बिमला पाण्डे र तुलसा गौतम छन् ।