ताजा समाचार

जेठ १२ गते २०७६

कविशिरोमणिको गाउँमा पोखरा ७ का १८० बालबालिका

पोखरा महानगरपालिका वडा नम्वर ७ ले आफना वडाभित्र रहेका बालबालिकाहरुलाई अवलोकन भ्रमण गराएको छ ।वडाभित्र रहेका ८ देखि १८ वर्ष उमेर समुहका बालबालिकालाई एकदिने अबलोकन भ्रमण गराएको वडा सदस्य किशोर बरालले बताए ।

उनका अनुसार वडाभित्र रहेका १ सय ८० जना बालबालिकालाई कवि शिरोमणी लेखनाथ पौड्यालको जन्मथलो र अन्तराष्ट्रिय पर्वतीय संग्रहालयको भ्रमण गराइएको होे । आठ वटा समुहमा विभाजन गरे वडाले भ्रमण लगेको थियो । कवि शिरोमणी लेखनाथको जन्मस्थल र घरमा बनाइएको संग्रहालयको अवलोकन गराइएको थियो । उनीहरुले कितावमा पढेका मात्रै थिए तर प्रत्यक्ष पौडेलको घर र जानकारी लिने अवसर पाएको बताए । बालबालिका बारेमा वडाले चासो दिनुपर्ने बताउदै उनीहरुको भावनाको करद गदै भ्रमणमा लगिएको वडा अध्यक्ष रामचन्द्र बरालले बताए ।

बालबालिकालाई सधै पढाईले बोझ हुने भएकाले यसरी घुम्न लैजादा रमाइलो र नयाँ विषयमा जानकारी हुने अध्यक्ष बरालको भनाई छ । त्यस्तै बालबालिकाले अन्तराष्ट्रिय संग्रहालयको अवलोकन गदै त्यहाँ रहेका हिमाल, नेपालीका विभिन्न जातजातीको संस्कृति, हिमाल आरोहणमा प्रयोग हुने सामग्री बारे अध्ययन अवलोकन गरेका थिए । भ्रमणबाट बालबालिकाहरु खुशी भएको कार्यक्रम संयोजक दिनबन्धु पौडेलले बताए । वडाले बालबालिकालाई मध्यनजर राखेर अध्ययन अवलोकन भ्रमण कार्यक्रम अगामी दिनमा पनि राख्ने बताए ।