ताजा समाचार

जेठ १२ गते २०७६

सामान झार्ने क्रममा गाडीबाट खस्दा एक जनाको मृत्यु

सामान झार्नेक्रममा गाडीबाट खस्दा गोरखामा एक जनाको मृत्यु भएको छ ।

सामान आरुघाट गाउँपालिका-९ आरुघाट बजारमा झार्नेक्रममा गाडीबाट खस्दा घाईते भएका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- २ बिष्णु श्रेष्ठको उपचारक्रममा मृत्यु भएको हो । बा ३ ख २५८३ नम्बरको फोरव्हील स्वराज गाडी र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उता पुर्वी नवलपरासीमा बसले साईकललाई ठक्कर दिदा साईकलयात्री घाईते भएको छ । देवचुली नगरपालिका-१६ रजहर स्थित पूर्व पश्चिम राजमार्गमा सवारी पश्चिम बाट पूर्व तर्फ जाँदै गरेको ना ४ ख ६६६६ ननम्बरको बसले साईकल यात्री वर्ष ६० को जिवन महतोलाई ठक्कर दिएएको हो ।

घाइते महतोको पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको छ भने बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।