ताजा समाचार

जेठ १२ गते २०७६

आगो निभाउन गएको हेलिकोप्टर दुर्घटनामा,छ जनाको मृत्यु

जंगलमा लागेको आगो निभाउन गएको हेलिकोप्टर दुर्घटना हुदा पाँच सैनिकसहित छ जनाको मृत्यु भएको छ ।

शुक्रबार मेक्सिकोको उत्तरी क्वेरेतारो प्रदेशमा पर्ने दुर्गम पहाडी क्षेत्रमा हेलिकोप्टर दुर्घटना भएको हो ।

एमआई—१७ हेलिकोप्टर छिमेकी सान लुइस पोटोसी प्रदेशको भाल्ले मेर्डेबाट घटनास्थलतर्फ गएको राष्ट्रपति अन्द्रेस म्यानुयल लोपेज ओब्राडोरले शनिबार जानकारी दिए ।

आगो निभाउनका लागि हेलिकोप्टरमा २५ सय लिटर ९६६० ग्यालेन० पानी पनि लगिएको एक सैनिकले जानकारी दिएका छन् । अति दुर्गम क्षेत्रमा दुर्घटना भएकाले थप र आधिकारिक विवरणहरु आउन बाँकी नै रहेको जनाइएको छ ।