हिमाल आरोहण गर्ने क्रममा तीनजनाको मृत्यु


विश्वको पाँचौँ अग्लो हिमाल मकालु आरोहण गर्ने क्रममा तीनजनाको मृत्यु भएको छ ।

शुक्रबार मकालु हिमाल चडेर फर्केने टोलीलाई उद्दार गर्न गएका मकालु गाउँपालिका २ का निमा तेन्जी शेर्पाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा एक नेपाली र दुई भारतीय छन् । मकालु हिमाल आरोहण गरेर क्याम्प ४ मा आइपुग्न लाग्दा लडेर दुई भारतीय नागरिकको मृत्यु भएको बताइएको छ । उनीहरूको जेठ २ गते मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५४ वर्षीय डिपंकर गैड्स र र ३५ वर्षीय नारायण सिंह भएको बताइएको छ । उनीहरूको शव पोष्टमार्टमका लागि सोलुखुम्बु लगिएको छ । मकालुका निमा तेन्जीको शव पोष्टमार्टमाका लागि आइतबार हेलिकोप्टर बाट जिल्ला अस्पताल खाँदबारी ल्याइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी मीनकुमार लामाले जानकारी दिए ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं