आफ्नो कारण अर्काे जहाजको उडान आधा घण्टा ढिलो भएपछि एक मन्त्रिले राजिनामा दिएकी छिन् ।
मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोन्जालेज ब्लाङ्को ओर्टिज मेनाले विमान उड्न आधा घण्टा ढिला भएको भन्दै पदबाट राजीनामा दिएकी हुन् ।
आफू सवार जहाजका कारण अन्य जहाजको उडान ढिलो भएकाले राजीनामा दिएको उनले बताएकी छन् । शनिबार उनी सवार जहाजका कारण अन्य जहाजको उडान ढिलो हुँदा चर्को आलोचना भएको थियो ।
सरकारी कामका लागि विमानबाट अन्यत्र जाने क्रममा यस्तो हुन पुगेपछि मेनाले त्यहाका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरसमक्ष राजीनामा दिएकी हुन् ।





