अमेठीमा कांग्रेसको किल्ला ढलेसंगै भाजपा नेताको यसरी भयो हत्या

भारतमा हालै सम्पन्न भएको चुनावमा भाजपाले कांग्रेसको गढ अमेठीमा कांग्रेसको किल्ला ढालेको खुसी राम्रोसंग मनाउँन नपाउँदै सो क्षेत्र शोकमा डुबेको छ ।

अमेठीमा भाजपाका नेता तथा पूर्व पंचायत सुरेन्द्र सिंहको हत्या भएपछि उक्र क्षेत्र शोकमा डुवेको हो ।

अमेठीमा चुनाव जितेकी स्मृती इरानी निकट रहेका सिंहको हिजो राती अज्ञात समुहले गोली प्रहार गरी हत्या गरेका हुन् । घरबाहिर सुतिरहेका सिंहमाथि मोटरसाइकलमा सवार अज्ञात व्यक्तिहरुले गोली प्रहार गरेका थिए ।

घटना लगत्तै उनलाई उपचारका लागि अस्पताल पु¥याउँदा रिफरको क्रममा उनको ज्यान गएको हो ।भाजपाको जीतसंगै सिंहको हत्या भएपछि अमेठीमा सनसनी नै फैलिएको छ । घटना लगत्तै अमेठीमा भारीमात्रामा सुरक्षाकर्मी खटाईएको छ भने अपराधीको खोजी पनि तिव्र पारिएको छ । स्मृती इरानीको जीतमा सिंहको निकै ठुलो हात रहेको थियो ।

अमेठीका अधिकांश गाउँहरुमा आफनो बलियो प्रभाव बनाएका उनी स्मृतीको चुनावी प्रचारप्रसारमा सबैभन्दा बढि लागेका थिए । उनको हत्यापछि भाजपामा तरंग मच्चिएको छ भने अमेठीमा तनावको अवस्था रहेको छ ।