ताजा समाचार

जेठ ११ गते २०७६

विप्लवका जिल्ला प्रमुख सरकारी नेकपामा

सरकार विरुद्ध एकीकृत क्रान्ति भन्दै लागिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला प्रमुख शनिबार सरकारी नेकपा प्रवेश गरेका छन् ।

विप्लव नेकपाका स्याङ्जा प्रमुख शोभाकान्त पौडेल (राजु)ले शनिबार पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका हुन् । वालिङ ६ का बासिन्दा राजुले अब एकीकृत क्रान्तिबाट जनताको हित नहुने भएकाले पार्टी परित्याग गरेको बताए । उनी तत्कालीन नेकपा माओवादीका जनमुक्ति सेना थिए । राजुलाई नेकपा गण्डकी प्रदेश सदस्य तथा सांसद नारायणप्रसाद मरासिनीले स्वागत गरे ।