ताजा समाचार

जेठ ११ गते २०७६

गैसस महासंघ नागरिकको प्रतिनिधि मुलक संस्थाः अध्यक्ष लामा

गैर सरकारी महासंघ नेपालका केन्द्रिय अध्यक्ष जितराम लामाले गैसस संस्था नागरिक समूदायको प्रतिनिधिमुलक संस्था भएको बताएका छन् ।जबसम्म नागरिकको पहँुच सवल हुन हुँदैन तबसम्म नेपाली समाज अग्रगामी दिशातर्फ अघि नबढ्ने दावी गरे ।नेपाल गैसस महासंघको आयोजना तथा गैसस महासंघ मुस्ताङ शाखाको समन्वयमा शनिवार भएको ‘नेपालमा नागरिक संस्थाहरुको लागि सबल वातावरण निर्माण’ संम्वन्धि दुई दिने आचार संहिता समीक्षा कार्यशालाको उद्घाटन गर्दे अध्यक्ष लामाले यस्तो बताएका हुन् ।

सरकारले गर्ने गरेका पूर्वाधार बिकास निर्माण तथा जनसरोकारका पक्षमा गैसस महासंघले समन्वयात्मक भूमिका निर्वाह गर्ने उल्लेख गर्दै अध्यक्ष लामाले गैसस महासंघ पारदर्शीता,व्यवस्थित र संस्थागत मुल्यमान्यताका साथ अघि बढ्नु पर्नेमा जोड दिए ।उनले महासंघले ३ तहका सरकार संग मिलेर कार्यसम्पादन गर्नुपर्ने सुझाए ।अध्यक्ष लामाले नेपालमा दर्ता भएका स्थानीय स्तरका संघसंस्थाको प्रतिनिधिमुलक संस्था महासंघ भएको बताउदै सरकारले गरेका राम्रो कामको प्रचार–प्रसार र नराम्रा कामको टिप्पणी गरेर जवाफदेही बनाउने समानान्तर सरकार महासंघ भएको जनाए ।

संस्थाका महासचिव राम सुवेदीले गैसस महासंघ सरकारले गरेका कामहरुको प्रोत्साहन र निगरानी गर्ने महासंघ छायाँ सरकार भएको बताए ।उनले जब सम्म नीजिक्षेत्रबाट संञ्चालित संघसंस्था सबल हुदैनन् तबसम्म समाजमा सुशासन कायम नहुने जनाए ।पछिल्लो समय सरकार तथा संम्वन्धित निकायको नजरमा महासंघ कमजोर भएको भन्ने आरोप लागेको स्मरण गर्दै महासचिव सुवेदीले आरोप र प्रत्यारोपलाई चिर्दै महासंघले आफ्नो भूमिका शसक्त पार्नुपर्नेमा जोड दिए ।उनले स्थानीय स्तरमा जागरण ल्याउने ,बिकास र समृद्धिको बाटोमा हातेमालो गर्ने र पीछडिएका बर्गहरुको उत्थानमा महासंघले योगदान गर्दै आईरहेको बताए।

जिल्ला समन्वय समितिकी प्रमुख छिरिङ ल्हामो गुरुङले समाज र राष्ट्रलाई अग्रगामी दिशातर्फ उन्मुख गराउन गैसस महासंघको भूमिका महत्वपूर्ण हुने बताए । नेपाली समाजमा सुशासन ,भ्रष्टाचार र अनियमितता चिन्ताको बिषय भएका उल्लेख गर्दै प्रमुख गुरुङले दिगो बिकासका लागि महासंघले खबरदारी गर्नुपर्ने उल्लेख गरिन् ।यस्तै घरपझोङ गाउपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङले गैससका हकअघिकारको सुनिश्चिता र क्षमता अभिबृद्धिका लागि महासंघ केन्द्रले अग्रसरता देखाउनु पर्ने सुझाईन् ।

बिभिन्न आरोह अवरोहमा आफुले गैससको व्यक्तिगत प्रतिनिधिमुलक भूमिका निर्वाह गर्दै आईरहेको उल्लेख गर्दै उपाध्यक्ष गुरुङले मुस्ताङमा संस्थाको शाखा स्थापनामा निकै संघर्ष गर्नुपरेको स्मरण सुनाईन् ।उनले मुस्ताङमा स–साना स्थानीय स्तरका दर्ता भएका दिगो संस्था रहेको र यहाको बिकास र समृद्धिका लागि भईरहेका संस्थाले प्रशंसनीय कार्य गर्दै आईरहेको उल्लेख गरिन्। गैसस केन्द्रिय उपमहासचिव अर्जुन भट्राईले महासंघमा ६ हजार ३ सय ५० संघसंस्था आवद्ध रहेको जानकारी दिए ।

नेपालका ७७ वटै जिल्लामा रहेका संघसंस्थाहरुको प्रतिनिधिमुलक महासंघ छाता संस्था भएको बताउदै उपमहासचिव भटराईले जानकारी दिए ।नेपाल गैसस महासंघ २०४८ सालमा गठन भएको भने, मुस्ताङमा २०६० साल देखि शाखा गठन भएको हो ।शाखाकी अध्यक्ष दुर्गादेवी रसाईलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपमहासचिव भट्राईले गरेका थिए भने संञ्चालन शाखाका सचिव पेमाछेतेन बिकले गरेका थिए ।