ताजा समाचार

जेठ १० गते २०७६

बेलायतकी प्रधानमन्त्री टेरिजा मेले राजीनामा दिने

बेलायतकी प्रधानमन्त्री टेरिजा मेले पदबाट राजीनामा दिने घोषणा गरेकी छन्। उनले ७ जुनमा कन्ज़र्भेटिभ पार्टीको नेताको पदबाट पनि राजीनामा दिएकी हुन्।

अर्को प्रधानमन्त्रीको टुंगो नलागुन्जेल उनी यथावत रहनेछिन्। भावुक बनेकी टेरिजाले डाउनिङ्ग स्ट्रिटमा सम्बोधन गर्दै सन् २०१६ मा भएको जनमतसंग्रहको परिणामको सम्मान गर्नका लागि आफ्नो तर्फबाट पूरा कोशिश गरेको बताएकी छन्।

उनले सम्बोधनका क्रममा ब्रेक्जिटमा सफलता दिलाउन नसकेकोमा गहिरो दुस्खु लागेको पनि बताइन् । टेरिजाले कन्जर्भेटिभ पार्टीको नेताको पद छाड्नेबित्तिकै उनका उत्तराधिकारी चुन्‍ने प्रक्रिया सुरु हुनेछ।