ताजा समाचार

जेठ १० गते २०७६

पूर्वप्रधानन्यायाधीश खत्रीको सय वर्षको उमेरमा निधन

पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधन भएको छ । उनको बिहीबार मेडिसिटी अस्पतालमा १०० वर्षको उमेरमा निधन भएको अस्पतालले पुष्टि गरेको हो ।

नेपालको छैटौँ प्रधानन्यायाधीश बनेका खत्री २०३३ सालदेखि २०४२ सालसम्म प्रधानन्यायाधीश बनेका थिए । स्वर्गीय खत्रीको भोलि बिहान साढे ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारीक श्रोतले जनाएको छ ।