युआरएलको सेवा बिहान ६ः३० साँझ ८ सम्म


पोखराको सभागृहचोकमा रहेको गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युआरएलले सेवा समय विस्तार गरेको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गरी बिहान साढे ६ बजेदेखि साँझ ८ बजेसम्म सेवा दिन सुरु गरेको हो ।

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले प्रदेशकै पहिलो र नेतृत्वदायी ल्याब भएकाले सेवाग्राहीको आवश्यकतालाई हेरेर कार्यालय समय थप गरिएको बताए । ५ वर्षअघि स्थापना भएको युआरएलले विभिन्न संघ, संस्थासँग समन्वय गरी कास्की र आसपासका जिल्लामा समेत निशुल्क शिविरहरु गर्दैै आएको छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं