पूर्वसचिव उपाध्यायलाई प्रोफेसनल इन्जिनियरिङ पदवी

नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले ईन्जिनियर पेशाको उच्चतम पदवी प्रोफेसनल इन्जिनियरिङ पाउने भएका छन् । नेपाल इन्जिनियरिङ काउन्सिलले उपाध्यायलाई यो पदवी दिने निर्णय गरेको हो ।

उनले आफ्नो बिषयमा हासिल गरेको अनुभव र योगदानलाई मूल्यांकन गरी यो पदवी दिन लागिएको काउन्सिलले जनाएको छ । गत वर्षदेखि संस्थाले यो पदवी दिन सुरु गरेको हो । विभिन्न १० मापदण्डको आधारमा यो पदवी दिने गरिएको काउन्सिलले जनाएको छ ।

पूर्वसचिव उपाध्याय नेपालको विकास, समसामयिक परिस्थिति र सामाजिक परिवर्तनबारे कलम चलाइरहेका छन् । उनी नेपालदुतका स्तम्भकारसमेत हुन् । यो पदवी भए पछि ईन्जिनियरिंग विषयमा प्रमाणिकरण गर्ने अधिकार रहन्छ ।