ताजा समाचार

जेठ ९ गते २०७६

भारतिय प्रधानमन्त्रीलाई नेपालको प्रधानमन्त्रिको बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

भारतमा भएको लोकसभा निर्वाचनमा आज जारी मतगणनामा सत्तारुढ दल भारतीय जनता पार्टीले अग्रता लिइरहेका बेला प्रधानमन्त्री ओलीले मोदीलाई बधाई दिएका हुन् ।

बधाई संदेशमा प्रधानमन्त्री ओलीले लोकसभा निर्वाचन २०१९ मा शानदार जितका लागि बधाई ज्ञापन गर्दै मोदीसँग मिलेर काम गर्ने विश्वास व्यक्त गरेका छन् । यद्यपी भारतीय निर्वाचनको अन्तिम नतिजा भने अझै आइसकेको छैन ।