ताजा समाचार

जेठ ८ गते २०७६

महिनावारीचक्रलाई नियमित गर्ने प्राकृतिक उपायहरू

महिनावारी चक्र भन्नाले महिलामा हुने मासिक प्राकृतिक परिवर्तन हो । यो चक्र महिला शारीरिक रूपमा परिपक्व भएको जानकारी दिने एक प्राकृतिक संकेत हो । महिनावारी हुनु लाई नछुने हुनु, पर सर्नु वा रजस्वला हुनु भनेर पनि चिनिन्छ ।

साधारण त यो हरेक महिना हुने गर्छ । पाठेघर सङै जोडिएर रहेका २ अण्डासयले हरेक महिनामा पालो पालो अण्ड उत्पादन गर्छ । अण्ड उत्पादन पछि पाठेघरमा बच्चालाई चाहिने बाताबरण बन्न थाल्छ । कमसल झिल्ली र रगत मिलेर तह बस्न थाल्छ। सहि समयमा यो अण्ड पुरुषको सुक्रकिट सङ मेल हुन नपाएपछि उत्पादन भएको अण्ड तथा पाठेघरको रगत योनिमार्ग हुँदै योनि बाहिरिन्छ जसलाई महिनावारी वा रजस्वला भनिन्छ। यश बेला महिलामा दिकदारि, तनाव निर्बल हुने जस्ता लक्षण देखिन्छ ।

रजस्वलाचक्रलाई नियमित गर्ने सबैभन्दा उपयोगी र प्रभावशाली प्राकृतिक उपायहरू यसप्रकार छन्

१. धनियाँको हरीयो पात

प्राचीन कालमा शताब्दीऔँ देखि नै धनियाँको पातलाई रजस्वला निम्त्याउने प्राकृतिक औषधीको रूपमा प्रयोग गरिँदै आएको छ । धनियाँको पातमा हुने दुईवटा तत्वहरूः एपियोल र मिरिस्टिसिनले पाठेघरलाई खुम्च्याउँदछ, जसले रजस्वला चक्रलाई सुचारु गर्न मद्दत गर्दछ।

प्रयोग गर्ने विधि

रजस्वला नियमित गराउनको लागि हरीयो धनियाँको पातको दैनिक डोज भनेको केवल ६ ग्राम हुनुपर्दछ, जसलाई २/२ ग्राम गरी १५० मिलिलिटर पानीमा उमाली दिनमा तीनपटक पिउनुपर्दछ ।

अथवा १ गिलास पानीमा ३/४ पत्ता हरीयो धनियाँको पात राखेर उमालेर पिउँदा पनि उपयोगी हुन्छ ।

२. मेथी

प्रजनन समस्याको उपचारको लागि मेथीलाई शताब्दीऔँ देखि नै प्रयोग गरिँदै आएको इतिहास रहेको छ । यसले महिलाहरूमा एस्ट्रोजेन र प्रोजेस्टेरोन हरमोनलाई सक्रिय गराई पाठेघरलाई खुम्च्याउँदछ र रजस्वला गराउन मद्दत गर्दछ ।

साथै यसले प्रशवावस्थाको पीडा सहिरहेका महिलाहरूको पीडा कम गर्न पनि मद्दत गर्दछ । तर यसको धेरै सेवनले गर्भपतन गराउने खतरा निम्त्याउँदछ।

प्रयोग गर्ने विधि

तरकारीमा एक चम्चा मेथीको दाना राखेर दैनिक खाने बानीले रजस्वलाचक्रमा आउने समस्या टाढा हुने विज्ञहरूको सल्लाह रहेको छ । साथै बिहानीपख एक गिलास पानीमा आधा चम्चा मेथीको दाना राखि उमालेर पिउँदा पनि प्रभावकारी हुने उनीहरू बताउँछन् ।

३. अदुवा

अदुवाको चियालाई रजस्वला निम्त्याउने सबैभन्दा शक्तिशाली तत्व मानिन्छ । तर यसले अलिकति साइडइफेक्ट दिने चिकित्सकहरू सुझाव दिन्छन् ।

त्यसैले धेरै दिनसम्म रजस्वला रोक्किएको छ भने हरीयो धनियाँको पात र अदुवाको चिया बनाएर पिउन चिकित्सक सल्लाह दिन्छन् । अदुवाले पाठेघर वरिपरीको तापक्रम बढाएर त्यसलाई खुम्च्याई रजस्वला गराउन मद्दत गर्दछ।

प्रयोग गर्ने विधि

अदुवालाई चियाको रूपमा सेवन गर्नु सबैभन्दा सजिलो उपाय हुन आउँछ । तर यसबाट राम्रो प्रभाव पाउनका लागि आधा गिलास अदुवाको रसमा आधा चम्चा मह मिसाएर पिउनुपर्ने विज्ञहरू बताउँछन् । रजस्वला रक्किएका दिनहरूमा बिहान उठ्ने बित्तीकै आधा गिलास पानीमा आधा गिलास अदुवाको रस मिसाएर खालीपेटमा पिउनुपर्दछ ।

४. मेवा

रजस्वलाचक्रलाई नियमित बनाउने सबैभन्दा प्रभावशाली घरेलु उपायहरूमध्ये मेवा पनि पर्दछ । डा. बात्राका अनुसार, काँचो हरीयो मेवाले पाठेघरलाई खुम्च्याई रजस्वला सुचार गर्न मद्दत गर्दछ ।

यसमा पाइने क्यारोटिनले महिलाहरूमा एस्ट्रोजेन हरमोनको उत्पादन गराई रजस्वला सुचारु गराउँदछ ।

प्रयोग गर्ने विधि

विशेषज्ञका अनुसार, रजस्वलाचक्रका अन्तिम दिनहरूमा काँचो मेवा चपाउने अथवा मेवाको जुस दिनमा दुईपटक (२०० मिलिलिटर) पिउने अथवा एक बटुको पाकेको मेवा खाने गर्नाले यसको प्रभाव देख्न सकिन्छ ।

५. जीरा

धनियाँकै प्रजातीमा पर्ने जीराको दानाले पनि उस्तै प्रभाव पार्ने विशेषज्ञहरू बताउँछन् । यसले महिलाहरूमा रजस्वलाचक्रलाई नियमित गराउनुका साथै नियमित सेवनले दुई हप्तामा नै मोटोपना घटाउँछ ।

प्रयोग गर्ने विधि

एक गिलास पानीमा आधा चम्चा जीराको दाना राखेर १० मिनेट उमाल्नुहोस्, ताकि पानीको रङ्ग हलुका खैरो होस् । त्यसपछि त्यसलाई पाँच मिनेटसम्म छोपेर राख्नुहोस् र पिउनुहोस् । यसले रजस्वलाचक्रलाई नियमित गराउन मद्दत गर्दछ । यदि तपाईँ गर्भवती हुनुहुन्छ भने यो विधि अपनाउनु हानीकारक हुने चिकित्सकहरु बताउँछन् ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

महिलाहरुको महिनावारी (रजस्वला) बारे जान्नै पर्ने १० कुराहरु

सबै महिला महिनावारीबाट गुज्रनुपर्छ । यो एउटा सामान्य प्राकृतिक अवस्था हो तर दुर्भाग्य के छ भने समाजमा अझै पनि महिनावारी हुनु पापको रुपमा लिइन्छ । यसैले सार्वजनिक रुपमा यसबारे चर्चा गर्न महिलाहरु हिच्किचाउँछन् ।

यसबारे महिलामा धेरै खालका भ्रम पनि विद्यमान छन् । तर, यो एउटा शारीरिक जैविक प्रक्रिया हो भन्नेबारेमा सबै स्पष्ट हुनुपर्छ । यसमा अन्धविश्वासको कुनै लेनदेन छैन । तर, महिनावारीबारे पूरै वैज्ञानिक जानकारी लिनु भने आवश्यक छ ।

यहाँ हामीले महिनावारीका बिषयमा भएका १० अन्धविश्वासहरुको बारेमा कुरा गरेका छौँ । यी अन्धविश्वासहरु विज्ञानका आधारमा कति सहि र कति गलत भन्ने कुरा हामीले यहाँ तथ्य सहित राखेका छौँ ।

१. महिनावारी प्रत्येक २८ दिनमा हुनपर्छ ।

तथ्य – महिनावारीको चक्र हरेक महिलामा फरक तरिकाले निर्भर गर्न सक्छ । महिनावारीको चक्र २० दिनदेखि लिएर ३५ दिनबीच दोहोरिन सक्छ । महिनावारी हुने समय केही ढिला भयो भने गर्भवती भइयो भनेर डराउँनु पर्दैन ।

२. महिनावारीको समयमा सेक्स गर्नुहुँदैंन ।

तथ्य – अधिकांश मानिस महिनावारीको समयमा पार्टनरसंग सेक्स गर्न मन पराउँदैंनन् । तर, यस्तो बेला सेक्स गर्दा ज्यान दुखेको निको हुन्छ । अनुसन्धानअनुसार महिनावारीको समयमा सेक्स गर्दा पीडामा कमी आउँछ ।

३. महिनावारीको समयमा गर्भधारण गर्न सम्भव हुँदैंन ।

तथ्य – यो धारणा गलत हो । महिला महिनावारीको समयमा पनि गर्भवती हुन सक्छन् । महिनावारीको चक्र २८ दिनभन्दा कम भएका महिला महिनावारीको समयमा गर्भवती हुने सम्भावना अधिक हुन्छ ।

४. महिनावारीको समय अमिलो, तेल तथा मसालायुक्त खाना खानुहुँदैंन ।

तथ्य – महिनावारी र अमिलो पदार्थबीच कुनै संबन्ध छैन । मसालायुक्त खानाले पेट खराब हुन सक्छ । तर यसबाट महिनावारीको पीडामा असर पर्दैन ।

५. महिनावारीको समयमा व्यायाम गर्नुहुँदैंन ।

तथ्य – महिनावारीको समयमा गरिने व्यायामले पीडा कम गर्न मद्दत गर्छ । व्यायामले मांसपेशीमा अक्सिजनको आपूर्ति बढाउँछ, जसबाट शरीरमा आराम मिल्छ ।

६. महिनावारीको समयमा आराम गर्नुपर्छ ।

तथ्य – महिनावारीको समयमा शरीरबाट रक्तस्राव हुन्छ । तर, यसबाट डराउँनु पर्दैन । महिनावारीको समय एक दिनमा करिब चार चम्चा रक्तस्राव हुन्छ । महिलाहरु आफ्नो दैनिक काम आरामसंग गर्न सक्छन् ।

७. पिएमएसबाट गुज्रन्छन् ।

तथ्य – महिलाले पिएमएस (महिनावारी हुनुअघिका लक्षण) को सामना गर्नुपर्ने हुन्छ, किनभने करिब ८५ प्रतिशत महिला यस्ता लक्षणको अनुभव गर्न सक्छन् ।

८. महिनावारीको रगत अन्य रगत भन्दा अलग हुन्छ ।

तथ्य – महिनावारीको रगत सामान्य अरु रगतजस्तै हुन्छ । यसमा केही पनि असामान्य हुँदैंन ।

९. महिनावारीको समयमा नुहाउँनु अथवा कपाल धुँनु हुँदैंन ।

तथ्य – महिनावारीलाई लिएर यो भ्रम सदिऔंदेखि छ । यस्तो बेलामा स्वच्छतामा ध्यान दिनुपर्छ । अझ सरसफाइका लागि नुहाउँनु आवश्यक हुन्छ । सरसफाइको कमिले संक्रमण भएर रोग लाग्न सक्छ ।

१०. कुमारीहरुले कटनको प्रयोग गनुहुँदैंन ।

तथ्य – कयौं मानिसले कुमारीहरुले कटनको प्रयोग गर्नुहुन्न र त्यसबाट कौमार्य नष्ट हुन्छ भन्ने सोच्छन् । तर, कटनको प्रयोग र कुमारीत्वबीच कुनै संबन्ध हुँदैंन ।

घरेलु उपाय बाट रोग प्रतिरोधी क्षमता बढाउनुहाेस् र स्वस्थ्य शरीर राख्नुहाेस्

रुघाखोकी, ज्वरो लगायत विभिन्न रोगहरुको संक्रमणदर उच्च हुन्छ । कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरुमा यस्ता रोगको संक्रमण छिटै हुने गर्छ । त्यसैले, यस्ता रोगको संक्रमण नहोस् भन्नाका लागि सबैभन्दा पहिलो शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन जरुरी छ । र, शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन खासै कठिन पनि छैन । यस्ता खानेकुराको नियमित सेवनले मात्र पनि शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन सकिन्छ ।

चोकर सहितको अन्न

गहुँ, ज्वार, बाजरा, मकै जस्ता अन्न स्वास्थ्यका लागि राम्रो मानिन्छ । किनकी यसमा चोक्करको मात्रा धेरै हुन्छ । चोक्कर सहितको अन्नको सेवनले कब्जियत हुँदैन । साथै, शरीरको प्रतिरोधी क्षमता मजबुत हुन्छ । जसले गर्दा जस्तो सकुै प्रतिकुल मौसममा पनि रोगको संक्रमण हुनबाट जोगिन सकिन्छ ।

पानी

पानीलाई प्रकृतिक औषधी पनि भनिन्छ । पर्याप्त मात्रामा पानीको सेवनले शरीरमा जम्मा भएको कयौ प्रकारको विषाक्तलाई बाहिर निकाल्न सकिन्छ । र, प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ । पानीको सेवन गर्दा सकेसम्म तातो वा मनतातो पानीको सेवन गर्नुपर्छ ।र, फ्रिजकाे पानी खानबाट बच्नुपर्छ ।

तुलसी

तुलसीको आफ्नै धार्मिक महत्व छ । त्यसबाहेक, तुलसीमा विभिन्न किसिमको औषधीय गुण पनि छ । यसमा पर्याप्त मात्रामा एन्टीबायोटिक गुण रहेको हुन्छ ।

जसले दुखाई कम गर्न, शरीरको प्रतिरोधी क्षमता मजबुत बनाउन सहायता प्रदान गर्छ । र, तुलसीका यी गुण प्राप्त गर्नका लागि प्रत्येक तीन देखि पाँच वटा पत्ता तुलसीको सेवन गर्नु पर्छ । यसलाई पानीमा हालेर तथा चियाको रुपमा पनि सेवन गर्न सकिन्छ भने काँचै पनि खान सकिन्छ ।

योग

योग तथा प्राणायामले शरीरलाई रोग मुक्त राख्न तथा स्वस्थ राख्न महत्वपूर्ण भूमिका निभाउने गर्छ । कुनै जानकार व्यक्तिबाट घरमै बसेर पनि योग अभ्यास गर्न सकिन्छ र यसको लाभ लिन सकिन्छ । जसले गर्दा शरीरको प्रतिरोधी क्षमता मजबुत हुने गर्छ ।

हाँस्नु पनि औषधी

हास्नुलाई हामी व्यंगको रुपमा लिन्छौ । जबकी हास्नाले शरीरको रक्तसञ्चार सुचारु हुने गर्छ । शरीरले अत्याधिक मात्रामा अक्सिजन ग्रहण गर्छ । तनावमुक्त भएर हासेरमा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन समेत मद्दत मिल्छ ।

रसिलो फल

सुन्तला, मौसम लगायतका फलफूलमा भिटामिन ‘सी’ पाइनुका साथै पर्याप्त मात्रामा खनिज तत्व पाइन्छ । यस्ता खनीज पदार्थले शरीरको प्रतिरोधात्मक क्षमता बढाउन महत्वपूर्ण भूमिका खेल्छ । फलफूललाई जूस वा फलको रुपमा जसरी पनि खान सकिन्छ । तर त्यसमा नुन भने मिसाउनु हुँदैन ।

अंकुरित अन्न

केराउ, चना, मुंग, मेथी लगायतका गेडागुडी अंकुरित अन्नमा पर्दछ । यस्ता अन्नलाई रातभर पानीमा भिजाएर खाएमा यसले शरीरलाई स्वस्थ राख्छ । विशेषगरी यस्ता अन्नलाई उमार्नाले यसमा रहेको पोषक तत्वको क्षमता अझै बढ्ने गर्छ । साथै, यो पचाउनमा सजिलो हुनुका साथै खानमा स्वादिलो र पोषणयुक्त पनि हुन्छ ।

सलाद

सलाद भन्नासाथ हाम्रो सामु काँक्रो ,गाँजर, टमाटर, मुला, प्याज ,चुकंदर आउने गर्दछ । यस्ता सलाद खानामा धेरै भन्दा धेरै प्रयोग गर्नु पर्दछ । अझ सकिन्छ भने थालको एक भाग सलादले नै भर्नुपर्छ । किनकी सलादले खानालाई सही तरीकाले पचाउनमा मद्दत गर्छ । साथै, यसमा रहेको पोषक तत्वले शरीरको प्रतिरोधी क्षमता बढाउँछ ।