ताजा समाचार

जेठ ८ गते २०७६

पोखरामा भित्रियो “हाइलाइफ”

रुपन्देहीबाट उत्पादित हाइलाइफका सामग्री पोखरामा पनि विक्रीवितरण शुरु भएको छ । नेपाल एभरेष्ट फुड एण्ड स्न्याक्स, राइजिङ सन एग्रो इण्डष्ट्रिज र हाइलाइफ फुड नेपालद्धारा उत्पादित हाइलाइफका सामग्रीहरु पोखरामा विक्री शुरु भएको हो ।

पोखराको न्यू क्षितिज टे«डर्समार्फत पोखरामा विक्रीवितरण शुरु भएको हो । कन्फ्लेक्स, चिउरा, सोयाविन, मल्टीग्रेन ओड्स र मुल्सी लगायत हाइलाइफका सामग्री हुन् ।
आयातित सामग्रीलाई निरुत्साहित र स्वदेशी सामग्रीलाई प्रोत्साहन गर्ने हाइलाइफकोे मूल उद्देश्य रहेको कम्पनीका निर्देशक पञ्कज ज्ञवालीले जानकारी दिए ।

स्वस्थ जीवनशैली भन्ने नारा हाइलाइफले अघि सारेको छ । १५ वर्षदेखि कन्फ्लेक्स, ५ वर्षदेखि चिउरा उत्पादन गर्दै आएको कम्पनीले फरक र परिस्कृत ढंंगले हाइलाइफका सामग्री उत्पादन गरी बजारमा ल्याएको ज्ञवालीले बताए ।

उनका अनुसार हाइलाइफका सामग्रीहरु नेपालका सबै जिल्लामा पुर्याउने लक्ष्य छ । यसअघि काठमाडौं र चितवनको नारायणगढबाट हाइलाइफका सामग्री विक्रीवितरण गरिसकेको छ ।
निर्देशक ज्ञवालीले विदेशी कम्पनीका सामग्रीलाई निरुसाहित गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन र प्रवद्र्धन गर्न हाइलाइफ सफल हुने दावी गरे ।

उनले भने, ‘हामी गुणस्तर र सेवामा कुनै कमि गर्दैनौं । फरकपन र फरक ढंगले बजारमा आएका छौं, हामी अवश्य सफल हुन्छौं ।’ हाइलाइफका सबै सामग्री हाइजेनिक भएको समेत उनले जानकारी दिए । हाइलाइफका सामग्री राम्रो र गुणस्तरीय हुनुका साथै मूल्यमा समेत सरल रहेको ज्ञवालीले बताए ।

हाइलाइफका सामग्रीमध्ये चिउरा मकवानपुरे टाइचिन धानबाट उत्पादन गरिएको कम्पनीका बजार प्रबन्धक कपिल पनेरुले बताए ।
यसैगरी मस्यौरा गहुँ, चामल, मकै, चनादाल र भटमासबाट बनेको छ । मस्यौरामा सरकारको नीति अनुसार पौष्टिकका ५ तत्व समावेश गरिएको उनले बताए ।

यसैगरी कन्फ्लेक्स चिनी राखिएको र नराखिएको दुवै प्रकारका विभिन्न ३ साइजमा उपलव्ध भएकोे उनले बताए । हाइलाइफका सामग्री बजारमा आएको छोटो समयमै राम्रो र सकारात्मक प्रतिक्रिया पाएको उनले बताए ।

नेपालमा १ सय भन्दा बढी यस कम्पनीका आधिकारिक विक्रेता छन् । हाइलाइफको २ सय जना मानिस उद्योगमा र १ सय ५० जना बजारमा कार्यरत रहेको बताइन्छ ।

पोखरामा हाइलाइफको आधिकारिक विक्रेता न्यू क्षितिज टेड्रर्सका म्यानेजिङ डाइरेक्टर हरिराज पन्तले हाइलाइफका सामग्री छिट्टै पपुलर बन्ने र राम्रो बजार हिस्सा ओगट्ने दावी गरे ।

पन्त पोखराका सफल व्यवसायी हुन् । अधिकृत विक्रेता संघ कास्कीका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका सदस्य समेत रहेका पन्तले आफ्नो व्यक्तिगत रिलेशनले पनि हाइलाईफ “हाइलाइफ” नै बन्ने बताए ।