ताजा समाचार

जेठ ६ गते २०७६

बुद्ध जयन्तीको अवसरमा पोर्चुगलमा पनि बृहत शोभा यात्रा

विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६३ औं जन्मजयन्तीको अवसर पारेर युरोपेली मूलुक पोर्चुगलको राजधानी लिस्बनमा पनि बृहत शोभा यात्रा गरिएको छ ।

नेपाली अवैतनिक वाणिज्यदूत कार्यालयको संयोजकत्व र पोर्चुगलमा क्रियाशील नेपाली संघ/संस्थाहरूको सकृयतामा जेठ ४ गते शनिबार बृहत शोभा यात्रा र सभाको आयोजना गरेको हो ।

भगवान गौतम बुद्ध र बुद्धभूमि नेपालको प्रचार/प्रसार गर्ने तथा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिने उद्धेश्यकासाथ बिदेशी भूमिमा बिशेष कार्यक्रमसहित बुद्ध जयन्ती मनाईएको बुद्ध जयन्ती मूल समारोह समितिका संयोजक एवं लिस्बनलागि अवैतनिक नेपाली वाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए ।

बिदेशीहरुलाई बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिन र बिश्वमाझ नेपाललाई चिनाउन र भिजिट नेपाल/२०२० लाई अझ बढी प्रचारप्रसार गर्न बिगत बर्षहरुमा जस्तै यसपटक पनि बिशेष कार्यक्रमकासाथ बुद्ध जयन्ती मनाइएको मूल समारोह समितिका सह-संयोजक एवं पोर्चुगलका लागि नेपाली पर्यटनदूत रमेशकुमार गुरुङले प्रतिक्रिया दिए ।