पूर्व एआइजीकै घर लुट्ने खुंखार डाका प्रहरी इन्काउटरबाट यसरी पक्राउ परे

काठमाडौंमा कहिलिएका एक ‘खुंखार’ डाका प्रहरी इन्काउण्टरमा परेका छन् ।

पूर्व एआइजी जयबहादुर चन्द र पूर्व डिआइजी विश्वराज सिंह शाहीको घरमा डकैती गरेका काले भनेर चिनिने विष्णु तामाङ्गलाई प्रहरीले गोली हानेर पक्राउ गरेको हो । उनलाई काठमाडौंको टोखामा इन्काउण्टर गरी समातेको हो ।

प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका तामाङ टोखामा रहेको सूचना पाएपछि सोमबार बिहान प्रहरीको टोली त्यहाँ पुगेको थिए । उनलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमण प्रयास गरेपछि गोली हानेर पक्राउ गर्नु परेको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सहकुल थापाले बताएका छन् ।

‘नियन्त्रणमा लिन गएको टोलीलाई उनले उल्टै हतियार देखाएर आक्रमणको प्रयास गरेको प्रहरीले जनाएको छ । त्यसपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको थापाले बताएका छन् ।

थापाका अनुसार उनको दायाँ खुट्टाको घुँडामुनि गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सिन्धुपाल्चोकको मेलम्ची घर भएका तामाङमाथि ६ वटा अपराधका घटनालाई लिएर खोजी भइरहेको थियो ।