ताजा समाचार

जेठ ६ गते २०७६

पन्ध्र तोला सुन चोरीमा संलग्न दुई पक्राउ

दक्षिण पर्वतको पैँयु गाउँपालिका–६ मा पन्ध्र तोला सुन चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।

स्थानिय चेतकुमारी आलेको घरमा कोही नभएको मौका पारी चोरी गर्ने सोहि वडाका ३६ वर्षीय नारायण आले र २६ वर्षीय सोम रानालाई इलाका प्रहरी कार्यालय हुवास पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

घरको दराज तोडफोड गरी चोरी गरेको रानीहार एक थान, बटारे बाला एक थान, छापे औँठी एक थान, चन्द्रमा एक थान, झुम्का दुई थान, विन्दिया एक थान, बेरुवा औँठी एक थान र सिक्री एक थान चोरी गरी अभियुक्त नारायण आलेको घरको शौचालयमा लुकाइ राखेको अवस्थामा फेला परेको थियो ।

यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।