ताजा समाचार

जेठ ५ गते २०७६

रत्ननगरमा बहुभाषिक लोकगीत उत्सव

चितवनको रत्ननगरमा बहुभाषिक लोकगीत उत्सव हुने भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले जेठ १० गते उत्सव गर्न लागेको हो । प्रतिष्ठानको लोकगीत विभागको आयोजनामा हुने उत्सवमा विभिन्न भाषाभाषीका लोकगीत प्रस्तुत गरिनेछ ।

प्रज्ञा परिषद् सदस्य एवं कार्यक्रम संयोजक हरिदेवी कोइरालाले उत्सवले भावी पुस्तालाई समेत लोपोन्मुख संस्कार, संस्कृति बुझाउन सहयोग गर्ने बताइन् । उनले भनिन्, ‘उत्सवले लोप हुन लागेका भाषाभाषीका गीत, संगीत र परम्परा उत्थान र जगेर्ना गर्न सघाउनेछ ।’

रत्ननगर नगरपालिकाको सहयोगमा हुने कार्यक्रमका सहआयोजकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रत्ननगर र राष्ट्रिय लोक भजन तथा चुड्का संरक्षण समिति रत्ननगर छन् । उत्सवमा प्रदेश ३ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालको प्रमुख आतिथ्यता रहनेछ ।