स्कुटरको ठक्करबाट ३ बर्षिया बालिका घाईते


स्याङजामा स्कुटरले ठक्कर दिदा ३ बर्षिया बालिका घाईते भएकी छिन् ।

वालिङ नगरपलिका-९ भुम्रेचोक स्थितमा भुम्रेचोकबाट सातधारा तर्फ जाँदै गरेको ग९प ९०७९ नं.को स्कुटीले सोही स्थानका ३ बर्षिया श्रीसा रानालाई ठक्कर दिएको हो ।

घाइते बालिकाको फेवासिटी अस्पताल पोखरामा उपचार भैरहेको छ । प्रहरीले स्कुटी र चालकलाई नियन्त्रणमा लिएको छ ।

उता: लमजुङमा करेन्ट लागेर एक जना घाईते भएका छन् । लम्जुङको क्वहोलासोथार गाउँपालिका-९ साल्मेमा बिजुलिको पोलमा काम गर्ने क्रममा २५ बर्षका राजन गुरुङ घाईते भएका हुन् ।

घाईते गुरुङलाई सोहि स्थानको स्वास्थ्य चौकिमा सामान्य उपचार पछि थप उपचारको लागि पोखरा ल्याईएको गण्डकी प्रदेश प्रहरी प्रवक्ता गोविन्द पुरीले जनाकारी दिए ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं