ताजा समाचार

जेठ ५ गते २०७६

प्रहरीलाई घूस दिन खोज्दा…

मादक पदार्थ सेवन गरेर सवारी चलाएको अवस्थामा कारबाहीबाट बच्ने उद्देश्यले प्रहरीलाई घुस दिन खोज्ने दुईजना पक्राउ परेका छन् । 

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीलाई पाँच सय घुस दिन खोज्ने बा९५प ४२९ नम्बरको मोटरसाइकल चालक काठमाडौं मनोहरा नगरपालिका ९ का भरत केसी र सोही ठाउँका यमन दाहाललाई प्रहरीले पक्राउ गरेको हो । 

मादक पदार्थ सेवन गरी सवारी चलाइरहेको अवस्थामा प्रहरीले उनीहरूलाई तिनकुने सडक खण्डमा चेकजाँचका क्रममा घुस दिन खोजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।