ताजा समाचार

जेठ ५ गते २०७६

तनहुँमा गत बैशाख ३१ गते खोलामा बेपत्ता भएका गुरुङको शव फेला

तनहुँमा गत बैशाख ३१ गते माछा मार्ने क्रममा बेपत्ता भएका शेर बहादुर गुरुङको शव आईतबार फेला परेको छ ।

भानु नगरपालिका -१ दोभान स्थित मर्स्याङदी नदी र चुँदी खोलाको दोभानमा नपा ९ बस्ने अन्दाजी ४०/४२ गुरुङ आज मृत अवस्थामा फेला परेका हुन् ।

घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यलयका प्रवक्ता गोविन्द पुरीले जानकारी दिएका छन् ।

त्यसैगरी आज पर्वतको फलेबास र बागलुङ जोड्ने झोलेङे पुलबाट एक महिला कालीगण्डकी नदीमा हाम फालेकी छिन् । फलेबास नगरपालीका-४ बस्ने ३० वर्षकी सर्मिला नेपाली पुलबाट हाम फालेकी हुन् ।

उनका श्रीमान राम बहादुर नेपाली श्रीमतीले पुलबाट हाम फालेको जानकारी दिएपश्चात उनको खोजाीकार्य जारी रहेको प्रवक्ता पुरीले बताए । साथै प्रहरीले के कारणले हाम फालेको भन्ने विषयमा पनि थप अनुसन्धान गरिरहेको छ ।