ताजा समाचार

जेठ ५ गते २०७६

दुई युवती बलात्कारको आरोपमा दई प्रहरी जवान पक्राउ

बलात्कारको अभियोगमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले दुईजना प्रहरी जवानमाथि कारबाही प्रक्रिया अघि बढाएको छ ।

दंगा नियन्त्रण प्रहरी गण सुनवलमा कार्यरत डडेल्धुरा, मास्माण्डु गाउँपालिका–८ का २५ वर्षीया प्रेम खड्का र दाङको गडवा गाउँपालिका–४ का २३ वर्षीया पाटेश्वर यादव उक्त अभियोगमा पक्राउ परेका हुन् ।

घटना गत वैशाख १ गतेको भएप्नि महिनापछि मात्र पीडितले प्रहरीसमक्ष जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक विरेन्द्र थापाले बताए ।

घटना भए लगत्तै पीडित युवतीले केही नभनेको र केही दिनअघि मात्र जानकारी दिएकाले प्रहरी कहाँ उजुरी दिएको आफन्तले बताएका छन् ।

प्रहरी जवानलाई सम्बन्धित कार्यालयले निलम्बन गरेपछि अनुसन्धान गरी मुद्दा प्रक्रिया अघि बढाइएको हो । उनीहरु दुवैलाई जर्बजस्ती करणीमा मुद्दा पक्रिया अघि बढाइएको नायब उपरीक्षक थापाले जानकारी दिए ।