बहिनी जिस्काएको अरोपमा छुरा प्रहार गर्दा एकको मृत्यु


बहिनी जिस्काईदिएको निहुँमा छुरा प्रहार गर्दा एक जना युवकको मृत्यु भएको छ ।

आफनो बहिनीलाई जिस्काएको भन्दै धनुकटा महालक्ष्मी नगरपालिका वडा नम्बर–३ का २५ वर्षीय घनेन्द्र लिम्बुले छुरा प्रहार गरि सोहि वडाका २२ बर्षिया सन्तोष लिम्बुको हत्या गरेका हुन् ।

बैशाखे पूर्णीमाको दिन साकेला थानी मन्दिरमा लाग्ने उभौली मेलामा उनिहरु सहभागी भएका थिए । छुरा प्रहारबाट सन्तोषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै घनेन्द्रलाई प्रहरीले प्रक्राउ गरिसकेको छ भने घटनामा नै संलग्न रहेको जिवन लिम्बु फरार रहेका छन् । उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि धनकुटा अस्पतालमा राखिएको छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं