ताजा समाचार

जेठ ५ गते २०७६

ड्यूटीमै सैनिक जवानको मृत्यु

नेपाली सेनाको तारादल गणमा कार्यरत नेपाली सेनाका एक जवानको ड्युटिमै खटिएको बेला मृत्यु भएको छ ।

ड्यूटीमा रहेका बेला बेहोस भएका उक्त गणमा कार्यरत वर्षीय २८ देवीराम जैसीको अस्पताल लाने क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मृतक जैसीको कैलालीको सुखडाका हुन् । उनको शव वीरगन्जको नारायणी अस्पतालको राखिएको छ । मृतकका आफन्त अहिले वीरगन्ज पुगेपछि पोष्टमार्टम हुने प्रहरीले जनाएको छ ।