ताजा समाचार

जेठ ५ गते २०७६

श्रीमतीको बलात्कारबाट श्रीमानको मृत्यु

श्रीमानले श्रीमतीको यौन शोषण गरेको, या हातपात गरेको समाचार अक्सर सुन्न सकिन्छ । तर एक देशमा भने श्रीमतीको यौन शोषणबाट श्रीमानको मृत्यु भएको छ ।

अफ्रिकी देश नाइजेरियामा एक जना व्यापारी युरोको ओनोजा आफ्नी सबैभन्दा कान्छी श्रीमतीसँग शारीरिक सम्बन्ध राख्दै थिए, त्यसै बेला उनका पाँच श्रीमतीहरू छुरी र लौराहरू बोकेर आए ।

उनीहरूले व्यापारीलाई ज्यान मर्ने धम्की दिएर उनलाई पाँचै जनासँग पालैपालो यौन सम्पर्क राख्न आदेश दिएका थिए । ओनोजाले सुरुमा आफ्नी पत्नीहरूको यस आदेशलाई अटेर गरेपछि उनीहरुले ज्यान मर्ने धम्की दिएको बुझाइएको छ । उनीहरूले आफ्ना श्रीमानलाई कब्जामा लिएर जेठोबाट क्रमैसँग यौनसम्पर्क राख्न लगाएका थिए ।

ती व्यापारीले क्रमैसँग यौन सम्पर्क राख्ने क्रममा पाँचौं श्रीमतीको पालामा उनलाई हृदयाघात भएको र उनको ज्यान गएको बताइएको छ । ओनोजाकी छैठौं पत्नीले प्रहरीलाई बताए अनुसार उनकी पाँचै श्रीमतीहरू उनको ज्यान गएपछि जङ्गलतिर भागेका थिए ।

गाउँका मुखिया ओकेप ओदोहका अनुसार उक्त घटनाको जानकारी तत्काल प्रहरीलाई दिइएको र निजकी पाँचै श्रीमतीहरूलाई गिरफ्तार गरिसकिएको छ ।