अस्ट्रेलियामा नयाँ प्रधानमन्त्री

अस्ट्रेलियाको संसदीय निर्वाचनमा प्रधानमन्त्री स्कट मरीसन नेतृत्वको गठबन्धन विजयी भएको छ । जितपछि उत्साहित हुँदै मरिसनले जनताप्रति आभार व्यक्त गरेका छन् ।

विपक्षी दलका नेता तथा अस्ट्रेलियन लेबर पार्टीका बिल शर्टनले आफ्नो पराजय स्वीकार गरेका छन् । उनले पराजयको जिम्मेवारी लिँदै पार्टी नेतृत्वबाट राजीनामा दिएका छन् । निर्वाचन सर्वेक्षणमा भने लेबर पार्टीको जित हुने सम्भावना देखाइएको थियो ।

सिड्नीको वारिङगा निर्वाचन क्षेत्रबाट संसद् सदस्यका लागि उम्मेदवारी दिएका लिबरल पार्टीका नेता तथा सन् २००९ देखि सन् २०१५ सम्म सरकारको नेतृत्वमा रहेका पूर्वप्रधानमन्त्री टोनी अबोट पराजित भएका छन् ।