ताजा समाचार

जेठ ५ गते २०७६

नेपालमै पहिलो पटक मासु किन्न, खान र पशुपंक्षी पाल्न वडाको कडा प्रतिबन्ध

एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपंक्षी पाल्न कडा प्रतिबन्ध लगाएको छ । गोरखाको चुमनुब्री गाउँपालिका–४मा यस्तो प्रतिवन्ध लगाइएको हो ।

वडाभित्र पशुपंक्षी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार र किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिबाना हुने वडाध्यक्ष पेमा डुन्डुप लामा बताए ।

उनका अनुसार कसैले काटमार गरेको घटनाबारे सूचना दिएमा १५ हजार रुपैयाँ इनाम समेत दिने निर्णय भएको छ । नियमबारे गाउँपालिका र प्रहरीलाई समेत जानकारी गराइएको उनले बताए ।

जरिवाना बापत संकलन हुने रकम अहिंसा अभियानमै खर्च गरिने छ । तर, स्थानीय सरकारले नै प्रतिबन्ध लगाएको भने यो पहिलो वडा हो । उक्त क्षेत्रलाई हिंसामुक्त बनाउन मनास्लु संरक्षण क्षेत्र आयोजनाले पनि सघाएको छ ।