ताजा समाचार

जेठ ४ गते २०७६

वृद्धाश्रमलाई भूपूको सहयोग

विरौटा भूपू संगठन पोखरा १७ ले पोखरा वृद्धाश्रमका वृद्धवृद्धालाई खाना खुवाएको छ । २०६८ सालमा गठन भएको संगठनले विभिन्न प्रकारकार सामाजिक काम र भूपूहरुको हितका लागि काम गर्दै आएको छ ।

सामाजिक दायित्व वहन गर्दै पोखरा वृद्धाश्रममा रहेका ६५ वृद्धवृद्धालाई १ छाक खाना ख्वाएको अध्यक्ष सु. चित्रबहादुर मल्लले जानकारी दिए । वृद्धवृद्धासँग सहभोज गर्न पाउँदा आफूहरु निकै खुसी भएको उपाध्यक्ष सु. दयाबहादुर कार्कीले बताए ।