ताजा समाचार

जेठ ४ गते २०७६

रुखमा बाँधेर बलात्कार गर्न खोज्ने पक्राउ

धनगढीमा महिलालाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा कैलारी गाउँपालिका ८ का २४ वर्षीय मनिश चौधरी रहेका छन् ।

उनले कैलारी गाउँपालिका ६ को मसुरिया र कनरीबीचमा रहेको भारताल जंगलमा लगि रुखमा बाधेर बलात्कार गर्न खोजेको आरोप छ । चौधरीले गत फागुन १८ गते दिउँसो १ बजेको समयमा महिलालाई धारिलो हतियार चक्कु देखाई जंगलमा लगी करणी गर्न खोजेका थिए।

पीडितलाई त्रास देखाएर जंगलमा लगी सम्पूर्ण कपडा खोल्न लगाएर ब्राले पीडितको हात पछाडि बाधी आफ्नो बेल्टले रुखमा घाटी बाधेर बलात्कार गर्न खोजेका थिए । त्यही क्रममा महिलाले साईकल, मोवाईल र पर्स सडक छेउमा छ भनेपछि लिन गएका बेला उनी भाग्न सफल भएका थिए । चौधरीलाई प्रक्राउ गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।