ताजा समाचार

जेठ ४ गते २०७६

क्यानाडा र अमेरिकाविच ब्यापार सम्बन्ध सुधारको संकेत

अमेरिकाले क्यानाडाबाट आयात हुने स्टिल र आल्मुनियममा लगाउँदै आएको कर हटाएको छ ।

अमेरिका र क्यानाडाले संयुक्त वक्तव्य जारी गर्दै स्टिलमा लगाउँदै आएको २५ प्रतिशत र आल्मुनियनमा लाग्दै आएको १० प्रतिशत कर ४८ घण्टाभित्रै हट्ने जनाएका हुन्।

अमेरिकाको यो कदमपछि उत्तर अमेरिकी खुला व्यापार सम्झौतामा सहमति जुट्ने संकेत देखिएको छ ।यता अमेरिका र मेक्सिकोबीच पनि यस्तै सम्झौता हुनसक्ने सम्भावना देखिएको छ ।

अमेरिकाले गत वर्ष राष्ट्रिय सुरक्षाको कारण भन्दै विभिन्न देशबाट आयात हुने स्टिल र आल्मुनियनमा भारी शुल्क वृद्धि गरेको थियो । आयात शुल्क हटाउनुको मुख्य उद्देश्य अमेरिका–क्यानडा र मेक्सिकोबीच व्यापार सम्झौता गर्नु रहेको बताइएको छ ।