ताजा समाचार

जेठ ४ गते २०७६

गाउँपालिका अध्यक्षको घरमा बिष्फोट

सप्तरीको बलान बिहुल गाउँपालिका अध्यक्ष दयानन्द गोइतको घरमा बम बिष्फोट भएको छ । शुक्रबार राति १२ बजेतिर बलान बिहुल गाउँपालिका २ मा रहेको अध्यक्ष गोइतको घरमा कुकर बम बिष्फोट भएको हो ।

जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी० ले बम बिष्फोटको जिम्मेबारी लिएको छ ।बिष्फोटबाट घरका सामानमा क्षति पुगेको छ भने अध्यक्ष दयानन्दका काका श्याम गोइत बम छर्रा लागेर घाइते भएका छन् ।